विश्वकप फुटबलमा अवैध रुपमा सट्टेबाजी गर्ने ३ जना प्रहरी नियन्त्रणमा


Share This


नेपालबहस संवाददाता    55 Views

काठमाडौं । रुसमा जारी विश्वकप फुटबल प्रतियोगितामा विभिन्न देशको हार जितमा बाजी खेलाउने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा सट्टेबाजी गर्दै विभिन्न व्यक्तिसँग नगद लाभ लिने गरी खेलाएको आरोपमा प्रहरीले सोमबार बेलुका साढे ६ बजे काठमाडौं महानगरपालिका १५ को बज्र होटल नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्हेपीका २२ वर्षका प्रकट महर्जन, रामघाटका २२ वर्षका रेजिन महर्जन र चागलका २५ वर्षका सुजेन शाही रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुबाट ६ लाख ९९ हजार रुपैयाँ पनि बरामद गरिएको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया