जवरजस्ती करणी गरेको अभियोगमा चौधरी पक्राउ


Share This


नेपालबहस संवाददाता    

सुनसरी । बिगत ६ महिना देखि जवरजस्ती करणी गरेको अभियोगमा सुनसरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रामधुनी नगरपालिका-४ रामपुरा बस्ने २८ वर्षीय संजयकुमार चौधरीलाई सोमबार जबरजस्ती करणी अभियोगमा प्रहरीले पक्राउ गरेको बताएको छ ।

बिगत ६ महिनादेखि सोही ठाउँ बस्ने २२ वर्षीया विवाहित महिलालाई पटकपटक जवरजस्ती करणी गरेको अभियोगमा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया