अबैध कल बाइपासमा गर्ने भारतीय नागरिक पक्राउ


Share This


नेपालबहस संवाददाता    78 Views

हालसम्म  एक सय तीन ठाउँमा कारबाही :  एक सय २६ जना नेपाली र ३४ जना विदेशी पक्राउ

काठमाडौं । अवैध कल बाइपासमा संलग्न भारतीय नागरिकलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३२ शुभकामना मार्गस्थित रमेशसिंह हमालको घरमा कोठा भाडामा लिई अवैध कल बाइपासको काम गर्ने भारत नयाँ दिल्लीका २४ वर्षका जफर खानलाई केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो ।

सरकारी निकायबाट अनुमति नलिई विभिन्न दुरसंचार सेबा प्रदायकको सिमकार्ड प्रयोग गरी बिदेशबाट नेपाल आउने अन्तर्राष्टिय कल ‘भीओआईपी’ ‌मार्फत नेपाल भित्र्याएका उनलाई सीआईबीले पक्राउ गरेको हो । प्रहरीले उनीमाथि दूरसञ्चार ऐन, २०५३ मुद्दा अन्तर्गत अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएको छ ।

अवैध भीओआईपीविरुद्द हालसम्म एक सय तीन ठाउँमा कारबाही भएकोमा एक सय २६ जना नेपाली र ३४ जना विदेशी पक्राउ परिसकेका छन् ।

तपाईको प्रतिक्रिया