गाई काट्दै गरेको अवस्थामा एकै घरका ४ जना पक्राउ


Share This


नेपालबहस संवाददाता    

४ जना विरुद्ध मुलुकी ऐन अन्र्तगत गौ हत्या सम्बन्धि मुद्दा चलाइने

नेपालगन्ज। गोप्य सुचनाका आधारमा नेपालगन्ज उपमहानगर भित्रै गाई काट्दै गरेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

गएराति साढे १ बजे प्रहरी नायव निरिक्षक अभय रावतको कामाण्डको टोलीले नेपालगन्ज १६ जयसपुर बाँकेमा मो इलिहास जोलाहाको घरमा गाई काटी रहेको अवस्थामा गाईको मासु सहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बांकेले जनाएको छ ।

गाईको हत्या गरी मासु काटिरहेको अवस्थामा घर मालिक जोलाहा उनीकी श्रीमती, छोरा र भतिज सहितलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा लगिएको प्रहरी नायव निरिक्षक रावलले बताए ।

पक्राउ परेका ४ जना विरुद्ध मुलुकी ऐन अन्र्तगत गौ हत्या सम्बन्धि मुद्दा चलाईने बाँके प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङ्गले
नेपालबहसलाई जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार