बाघको छालासहित एकजना पक्राउ


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । बाघको छाालासहित महानगरीय प्रही बृत्त लैनचौरले एकजनालाई पक्राउ गरेको छ । बाघको छाला विक्रिवितरण तथा ओसारपरार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरीले काठमाडौं महानगरपालिका – २६ कपुरधाराबाट दोलखा गौरिशंकर गाउँपालिका(५ का २१वर्षीय वियन खड्कालाई पक्राउ गरेको हो ।

बाघको छालासहित पक्राउ परेका खड्कालाई महानगरीय प्रहरी बृत्त लैनचौरबाटै अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ । अनुसन्धान पश्चात खड्कालाई कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइने प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार