२४ हजार भारु र सुन सहित भारतीय नागरिक पक्राउ


Share This


नेपालबहस संवाददाता    73 Views

बैतडी । बैतडीको दशरथ चन्द नगरपालिका-८ स्थित नेपाल-भारत सिमानामा नेपालतर्फ आउँदै गरेका भारतीय नागरिकलाई भारु २४ हजार नगद रकमको साथमा सुन सहित प्रहरीले पक्राउ गरेको छ ।

भारत बिथौलागढ जिल्लाका भारतीय नागरिक बैतडीको झुलाघाट बस्दै आएका थिए । ४२ बर्षका जगदिश बर्मालाई खानतलासी गर्दा भारतीय नगद २४ हजार ३ सय ९० रुपैयाँ र ६० ग्राम सुन सहित फेला पारी मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी सोही स्थानमा नेपालबाट भारततर्फ जाँदै गरेका बैतडी दशरथ चन्द नगरपालिका-४ गढी बस्ने २१ वर्षीय बिशाल गहतराजलाई नेपाली नगद ३ लाख २७ हजार ९ सय ८५ रूपैयाँ र ११ ग्राम ६ सय ६४ मिलि ग्राम सुन सहित प्रहरीले प्रक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कञ्चनपुर पठाईएको छ ।

तपाईको प्रतिक्रिया