fbpx

नख्खु कारागारमा कैद भुक्तान गर्दै गरेका बर्दियाका भक्त बहादुर सुनारको मृत्यु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नख्खु कारागार ललितपुरमा कर्तब्य ज्यान र जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका बर्दियाका एकजनाको हत्या भएको छ ।

उक्त कारागारमा कैद भुक्तान गर्दै गरेका बर्दियाको साविक ठाकुरद्धारा गा.बि.स.५ बस्ने ३२ वर्षिय भक्त बहादुर सुनारको हत्या पुष्टि भएको हो । गत वैशाख १९ गते ज्वरो तथा बान्ता समेत भएका कारण उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । उनी २० गते बेलुका फेरि बिरामी भएका थिए ।

ईमर्जेन्सीमा भर्ना गर्नुपर्नेमा वीर अस्पतालमा आईसियु वार्ड खाली नहुँदा सुनारलाई पाटन अस्पताल लगिएको थियो । तर उनको उपचारका क्रममा २२ गते दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

नख्खु कारागारमा अनियमितता भएको भन्ने पत्र प्राप्त भएपछि प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धान पश्चात बाँकेका अधिशेख सिँह शाह, सप्तरीका मनोज कुमार चौरासीया र दोलखाका ध्रुव कृष्ण शर्मा दोषी देखिएकाले मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया