fbpx

वडा सदस्य यादव माथि छुरा प्रहार,नारायणी अस्पतलमा उपचार चल्दै


Share This

नेपालबहस संवाददाता    

वीरगंज । विकास निमार्णमा कामलाई लिएर वीरगंज वडा नं. २३ प्रसौनी बिर्ताका जननिर्वाचित वडा सदस्य लालबाबु यादव माथि छुरा प्रहार भएको छ ।

नेकपाबाट निर्वाचिन वडा सदस्य यादव माथि विहान सातबजे प्रसौनी चौक स्थित मदन साह गोढको चिया पसल नजिक आक्रमण भएको हो । घाईते यादवको अहिले नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भईरहको छ । विकास निमार्णका काम समयमै सम्पन्न नभएको लगाएतको आलोचना खेपीरहेका यादवको टाउको तथा दाहिने हात र खुट्टमा छुरा प्रहार भएको छ ।

यसैबिच, बिद्यालय व्यवस्थापन समिती सदस्य छनौटमा असन्तुष्ट जनाउदै आएका संघिय फोरमका जमुना यादव, कृष्णा दास, गलेन्द्र यादव ,मनिफ अंसारी, सुनिल दास ,काँग्रेसका लोकनारायण यादव र देवशंकर यादव मध्ये जमुना यादवले आफना तिनवटै छोरालाई बोलाई स्थानिय दिपक यादव माथि आक्रमण गरेको बताइन् ।

घटनाको अभियोगमा प्रमोद यादव, पारस यादव र भिम यादव पक्राउ परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको तथा फरार अभियुतहरुको खोजीकार्य जारी रहेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया