निर्मला बलात्कार प्रकरण : मुख्य अभियुक्त दिलिपसिंह विष्ट पक्राउ


Share This


नेपालबहस संवाददाता    456 Views

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ मा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।

घटना भएको २५ दिनपछि केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरिएको सीआईबीका एक अधिकारीले पुष्टि गरे । पक्राउ परेका विष्टलाई सोमबारै जिल्ला अदालत, कञ्चनपुरबाट म्याद थप गरेर सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।

प्रारम्भिक सोधपुछमा उनले आफ्नो कसुर स्वीकार गरिसकेको प्रहरी स्रोतले बतायो । घटनामा अन्य व्यक्तिको संलग्नता थियो या थिएन भन्ने बारेमा अझै स्पष्ट भइसकेको छैन ।

यसअघि १० साउनमा घरबाट साथीलाई भेट्न हिँडेकी पन्त भोलिपल्ट बिहान मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।

बलात्कार पछि हत्या भएकी बालिका घटनाको अनुसन्धान तीव्र

बलात्कारपछि हत्या गरिएकी निर्मलाको अन्त्येष्टी !

 

तपाईको प्रतिक्रिया