fbpx

बाजेको शिलबन्दी खोल्न सर्वोच्चको अन्तरिम आदेश



नेपालबहस संवाददाता
 




काठमाडौं । बाजेको सेकुवामा लगाइएको शिलबन्दी खोल्न बुधवार सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बाजेको सेकुवामा लगाइएको शिलबन्दी खोल्न अन्तरिम आदेश दिएको हो ।

साढे ३३ किलो सुन तस्करीमा बाजेको सेकुवाका सञ्चालक पनि मुछिएको आशंका गरी सरकारले काठमाडौं उपत्यकामा सञ्चालित पाँच ओटा आउटलेटमा छापा मारी शिलबन्दी गरको थियो ।

सरकारले शिलबन्दी गरेपछि आफ्नो संवैधानिक तथा कानूनी हक हनन भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो ।