पाँचथरकामा सडेको अवस्थामा मानव कंकाल फेला


Share This

नेपालबहस संवाददाता    

पाँचथर । फिदिम नगरपालिका १४ मा रहेको ठुलो भालुखोप सामुदायिक बनमा सडेको अवस्थामा मानव कंकाल फेला परेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सडेर दुर्घन्धित भएको अवस्था कंकाल फेला परेको हो।

मृतकको शव पहिचान गर्ने अवस्थामा नरहेको प्रहरीले जानकारी दिएको छ। पोष्टमार्टम तथा डिएनए परिक्षणको पक्रिया भने अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

सडेको अवस्था भएकाले लिङ्ग तथा हुलिया पहिचान हुन सकेको छैन। मृतकको पहिचानका लागि थप अनुसन्धान अघि बढाईएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया