ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ



नेपालबहस संवाददाता
 




काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् । बिहीबार बिहान प्रहरीले उनलाई गौशालास्थित उनको घरबाटै पक्राउ गरेको हो ।

प्रहरीको हेटक्वाटरबाट सादा पोसाकमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने समयमा विमानस्थलमा कालो झण्डा देखाउन सक्ने आशंका गर्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ग्रेटर नेपालको अभियान चलाउँदै आएका नेपाललाई यस अघि पनि भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा प्रहरीले तीन दिन थुनामा राखेको थियो।