जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाँचथर । किशोरीलाई ललाइफकाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय फालेलुङ गाउपालिका–५ का ३० वर्षीय युवक रहेको पाँचथर प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकले गएको भदौ ४ गते राति सदरमुकाम फिदिममा रहेको एक होटलमा १६ वर्षीया किशोरीलाई विभिन्न धाकधम्की र प्रलोभन देखाएर करणी गरेको पीडितका आफन्तले पाँचथर प्रहरीमा उजुरी दिएका थिए ।

पीडित किशोरीका आफन्तले प्रहरीमा दिएको उजुरीको आधारमा युवकलाई पक्राउ गरिएको डीएसपी नरेन्द्र कुँवरले बताए । पक्राउ परेका युवकमाथि जबरजस्ती करणी अपराध अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •