हाडनाता करणीका दोषी जेल चलान



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोटाङ । हाडनाता करणीमा दोषी ठहर भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १८ वर्षीय रामु भन्ने साङ्गे शेर्पा कारागार चलान भएका छन् ।

हाडनाता करणीमा उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाबाट दोषी ठहर शेर्पा बिहीबार कारागार चलान भएका हुन् ।

उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले २०७४ साल माघ २५ गते ५ वर्ष कैद सजाय सुनाएका शेर्पा बुधबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।

जिल्ला अदालत खोटाङले सफाई दिने गरी फैसला गरेकामा उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले शेर्पालाई कैंद सजाय हुने फैसला सुनाएको हो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •