बम बिष्फोटको आरोपमा ३ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

विराटनगर । विराटनगर महानगरपालिकामा बम विष्फोटन गराउे समुहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा  क्रान्तिकारीका ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

दुई साताअघि महानगरपालिका कार्यालयको दोश्रो तल्लास्थित मेयरको कार्यकक्ष नजिकै बम विष्फोट भएको थियो । प्रदेश १ र प्रदेश २ प्रहरी कार्यालयको सहयोगमा सिरहाको लक्ष्मीपुरपतार गाउँपालिका-३ हरिनगर, नयाँ टोलका २० वर्षीय अभिमनु गिरी, मोरङ्गको जहदा गाउँपालिका-२ का हरिनगराका ५३ वर्षीय मनोजकुमार सिंह र सिराहाको सुखिपुर नगरपालिका-५ का २४ वर्षीइ राम रिझन यादवलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

प्रहरी उपरीक्षक मनोज केशीले भूमिगत समूहको योजना अनुरुप बिभिन्न महत्वपूर्ण स्थान तथा कार्यालयहरुमा बम बिष्फोट गराई सर्बसाधारणलाई आतंकित बनाउने उद्देश्यले पार्टीको कार्यक्रम अनुसार महानगरपालिकामा बम बिष्फोटन गराइएको बताए ।

प्रहरीले जिल्ला अदालत मोरङबाट बिस्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्धासमेत दर्ता गरी थप अनुसन्धान गरीरहेको मोरङ प्रहरीले जनाएको छ ।

गएको २७ साउनमा अपराहन्ह बिराटनगर महानगरपालिका ७ स्थितमा रहेको महानगरपालिकाको कार्यालयको परिसर भित्र भएको मेयरको कार्यकक्ष बाहिर पट्टिको प्यासेजमा राखिएको सोफा मुनि बम बिष्फोटन गराएको थियो ।

भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा  क्रान्तिकारी घटनाको जिम्मेवारी लिएको थियो ।

तपाईको प्रतिक्रिया