हुण्डी कारोबारमा संलग्न ८ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा ८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ५४ लाख ९६ हजार नेपाली रुपैयाँसमेत बरामद भएको छ ।

वीरगञ्जको गहवामाई मन्दिर, घडिअर्वा पोखरी र गणेशमान चोक आसपासबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घटनाबारेमा अनुसन्धान भइरहेको भन्दै पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले अनुसन्धान भइरहेकोले पक्राउ परेकाहरुको नाम अहिले नै सार्वजनिक गर्न नमिल्ने बताए ।

यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया