लागूऔषध सहित ३ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । मोरङ र पाल्पामा लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङमा २ जना र पाल्पामा १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङ सुनबर्षि नगरपालिका-६ बस्ने १८ वर्षीय अनिल रिषिदेब र २० वर्षीय रोशन रिषिदेबलाई लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट र टमडोल ८ ट्याब्लेट सहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।

सुनबर्षि नगरपालिका-८ हर्चन गढी स्थित छोटी भन्सार कार्यालय अगाडी प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी पाल्पा तिनाउ गाउँपालिका-६ सिकुवा बस्ने मानबहादुर लम्तरिलाई लागूऔषध ४ के.जी गाँजा, पोलोथिन १ झोला र सुकेको तयारी गाँजा अन्दाजी १०० ग्राम सहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।

मानबहादुरको घरमा प्रहरीले खानतलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया