fbpx

अवैध रुपमा ल्याएको यार्सागुम्बा सहित पक्राउ



नेपालबहस संवाददाता
 




बाँके । डोल्पा ठूलो भेरी नगरपालिका-६ बस्ने ३० वर्षीय श्रवर्ण कुमार बुढालाई अवैध रुपमा ल्याएको ६ केजी १ सय ग्राम यार्सागुम्बा सहित बांके प्रहरीले पक्राउ गरेको छ ।

नेपालगंज उपमहानगरपालिका-२० राझास्थित नेपालगंज बिमानस्थलमा डोल्पाबाट समिट बिमानमा नेपालगंज आएका श्ववर्णको झोलामा टिनको बाकसभित्र लुकाई ल्याएको उक्त यार्सागुम्बा र गोल्डटेक लेखेको डिजिटल तराजु सहित फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।