टोले गुन्डा सत्यमान लामा फेरि पक्राउ



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले टोले गुन्डा सत्यमान लामालाई मंगलबार फेरि पक्राउ गरेको छ। ज्यान मार्ने धम्की दिएको उजुरीका आधारमा महाराजगञ्जबाट लामालाई पक्राउ गरेको महानगरीय प्रहरी महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए।

लामाले मानबहादुर तामाङ भन्ने व्यक्ति र उनका परिवारलाई धम्की दिएको प्रहरीले जनाएको छ। लामा गुन्डा नाइके दावा लामाका सहयोगी हुन्। तामाङ मिटर व्याजी तथा बुद्धचित्तको अवैध कारोबारमा समेत संलग्न रहेको प्रहरीको दाबी छ।

लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गत असार २८ गते पक्राउ गरेको थियो। तर, सांसद नविना लामाको जवानीमा जिल्ला प्रशासन कार्यलय काठमाडौंले छोड्न आदेश दिएको थियो।

प्रहरीले गुन्डाका रुपमा समातेको सत्यमान काभ्रे तिमालका हुन्। उनले स्थानीय तहको निर्वाचनमा एमालेको युवा परिचालन कमिटी संयोजकको रुपमा काम गरेका थिए।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •