बेवारिसे अवस्थामा अवैध लागुऔषध चरेश फेला



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बागलुङ । बडीगाड गाउँपालिका–७ सिरखरीबाट प्रहरीले आज दिउँसो अवैध लागुऔषध चरेश बरामद गरेको छ । स्थानीय रणबहादुर विकको बारीमा बेवारिसे छोडिएको झोला जाँच गर्दा पाँच किलो चरेश भेटिएको प्रहरीले जनाएको छ । चरेशसँगै झोलामा ज्याकेट, सल, चुरोट, लाइटर र बिस्कुट फेला परेको छ ।

शङ्कास्पद झोला देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । चरेश कसले राख्यो भन्नेबारेमा अनुसन्धान भइरहेको भीमगिठे प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक भोजबहादुर बानियाँले बताए ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •