बालिका बलात्कारको आरोपमा साईबाबा पक्राउ


Share This

नेपालबहस संवाददाता    

बाँके । बालिका बलात्कारको आरोपमा झारफुकको काम गर्ने एक तान्त्रिक पक्राउ परेका छन् । नेपालगञ्ज –४, देवाफूलबारीका आफूलाई साईबाबा बताउने ४६ वर्षीय व्यक्तिलाई पक्राउ गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनीमाथि बर्दियाको जमूनी घर भएकी १५ वर्षीया बालिकालाई झारफुकको बहानामा बलात्कार गरेको आरोप लागेको छ । अधिकारी थरका व्यक्तिले केही समयअघिदेखि नेपालगञ्जमा ज्योतिषको काम गर्दै आएका छन् । बाँकेमा दुई साताभित्र भएको यो तेश्रो बालिका बलात्कारको घटना हो ।

कोहलपुरमा यसअघि दुई बालिका आफन्तबाटै बलात्कृत भएको सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया