पचास लाख मूल्य बराबरको खैरो हिरोइनसहित दुई जना पक्राउ



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पर्वत । भारतबाट भित्र्याइएको रु ५० लाखभन्दा बढी मूल्यको खैरो हिरोइनसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जको नयाँ बसपार्कस्थित एक होटलबाट प्रहरीले ९६६ ग्राम खैरो हिरोइनसहित पर्साको सखुवाप्रसानी गाउँपालिका–२ निवासी जयरामकुमार राम र बालेश्वर दास थारुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

वीरगञ्जको सीमावर्ती भारतीय शहर रक्सौलबाट खरीद गरिएको प्रतिबन्धित लागुऔषध खैरो हिरोइन नेपाल भित्र्याएको सूचनाको आधारमा कारवाही गर्दा राम र थारुलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

उनले लागुऔषध नियन्त्रण ब्यूरोले दिएको सूचनाको आधारमा बसपार्कस्थित होटलमा छापामारी चेकजाँच गर्दा नौ वटा प्याकेटमा रहेको उक्त परिमाणको खैरो हिरोइन बरामद भएपछि आवश्यक अनुसन्धानका लागि रामलाई नियन्त्रणमा लिएको र उनले दिएको सूचनाको आधारमा थारुलाई वीरगञ्जबाटै पक्राउ गरिएको बताए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •