९०० एम्पल लागू औषधसहित पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीको विशेष टोलीले अवैध लागू ९०० एम्पलसहित एक जनालार्इ पक्राउ गरेको छ । बल्खु सडकमा शंकास्पद रुपमा झोला बोकी हिडिँरहेको अवस्थामा झोला चेकजाँच गर्दा पर्सा वीरगन्ज महानगरपालिका वडा नं.२८ बगही बस्ने १९ वर्षका सुवास यादबलार्इ प्रहरीले पक्राउ गरेको हो ।

झोलामा लुकाई छिपाई राखेको डाईजेपाम-३०० एम्पल, नुर्फिन-३०० एम्पल र फेनारगन-३०० एम्पल गरि जम्मा ९०० एम्पल लागू औषध फेला परेको प्रहरीले जानकरी दिएको छ ।

प्रहरीले उनलार्इ नियन्त्रणमा लिई मनप्र वृत्त कालीमाटीबाट अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार