लाखौं मुल्य बराबरका सामान र चौपाया नियन्त्रणमा


Share This

नेपालबहस संवाददाता    

बिर्तामोड । झापाको विभिन्न स्थानबाट प्रहरीले भारततर्फ लैजादै गरेको लाखौं मुल्य बराबरका सामान र चौपाया नियन्त्रणमा लिएको छ।

गरुराति मेचीनगरबाट करिब ४ लाख १० हजार मूल्य बराबरको मरिच, चुरोट र कस्मेटिक सामानसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जनाकारी दिए।

उनका अनुसार अवैधरुपमा ती सामान भारत लैजान लागेका मेचीनगर नगरपालिका ६ का ५० वर्षीय कृष्णकुमार राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

उनको साथबाट ४ सय किलो मरिच, ३ बोरा चुरोट र १ बोरा कस्मेटिकका सामान प्रहरीले बरामत गरेको छ। बरामद गरेका सामानसहित राई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ।

यस्तै प्रहरीले मेचीनगर नगरपालिका- ७ स्थित नकलबन्दाबाट आइतबार राति भारततर्फ अवैधरुपमा लैजाँदै गरेको १७ वटा चौपाया ९गोरु० समेत नियन्त्रणमा लिएको छ।

पशुचौपायाको मुल्य करिब १ लाख ३० हजार रहेको प्रहरीको जनाएको छ।नियन्त्रणमा लिएको सामान र चौपायालाई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार