अवैध लागूऔषध सहित ५ जना पक्राउ



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । अवैध लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कपन सरस्वती नगरबाट लागूऔषध ब्राउन सुगर सहित ४ जना र नागढुंगाबाट नियन्त्रित लागूऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु मध्ये लागूऔषध ब्राउन सुगर २ ग्राम सहित काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने २४ वर्षीय सन्तोष डंगोल सहित ४ जनालाई कपन सरस्वती नगरबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी चन्द्रागिरी नगरपालिका-२ नागढुंगा चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले बीरगंजबाट काठमाडौं आँउदै गरेको ना.५ ख २३७२ नम्बरको बसमा सवार बारा इटहाई घर भएका २२ वर्षीय ओमप्रकाश साह सोनालाई नियन्त्रित लागूऔषध डाईजेपाम ३३ एम्पुल, नुर्पिmन २९ एम्पुल, फेनारगन २४ एम्पुल सहित सोमबार पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार