कोदालो प्रहार गरी श्रीमतिको हत्या गर्ने श्रीमान प्रहरी खोरमा



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । कोदालो प्रहार गरी आफनै श्रीमती मारेको अभियोगमा ३५ बर्षिय रमेश भन्ने मान बहादुर घिसिङलाई प्रक्राउ गरेको छ । कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी तिवारी टोल डेरा गरी बस्ने मकवानपुर बाग्मती नगरपालिका ७ घर भएका घिसिङलाई प्रहरीले पक्राउ गरेको हो ।

घिसिङले आइतबार राति ३२ वर्षीया श्रीमती ममता लामालाई कोदालोले टाउकोमा हान्दा बेहोस भएको भनी आफै महानगरीय प्रहरी बृत्त बौद्धमा आई जानकारी गराएपछि खटिएको प्रहरी टोलीले ममतालाई मृत अवस्थामा फेला पारेको हो ।

यसैबिच, काठमाडौं, सुनसरी, गुल्मी र सर्लाहीमा गरी ४ जना मानिसहरु आइतबार मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-६ बौद्ध भाराटोल डेरा गरी बस्ने मुस्ताङ ल्हो मन्थाङ घर भएका ६३ वर्षीय छेप्चेन बिष्ट आप्mनै डेरा कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी मृत फेला पर्नेमा सुनसरी बराह नगरपालिका-६ ठाकुरबारी बस्ने २४ वर्षीय सुरेन्द्र माझी छन् । कोशी दहको पानीमा मृत अवस्थामा फेला परेका माझीको छातीमा चोट लागेको पाईएकोले अनुसन्धानको लागि सोही ठाउँ बस्ने ३० वर्षीय सुकबहादुर माझी, २१ वर्षीय शक्तिमान तामाङ र मोरङ कानेपोखरी गाउँपालिका-५ बस्ने २१ वर्षीय शरण तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै  गुल्मी दरवार गाउँपालिका-७ बस्ने रामबहादुर सुनार छन् । भदौ २१ गतेदेखि सम्पर्क विहीन भएका सुनारलाई सोही ठाउँ बस्ने फर्शुराम चुदालीको गोठमा मृत अवस्थामा फेला पारिएको हो ।

उता सर्लाही मलंगवा नगरपालिका-७ मुसौली स्थित धान खेतमा हाल नाम,थर,वतन खुल्न नसकेका अंदाजी ३५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •