नक्कली एटीएम कार्ड बनाउन प्रयोग हुने मेसिनसहित ५ जना पक्राउ



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नक्कली एटीएम कार्ड बनाउने गिरोहका ५ जनालाई प्रहरी आज पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले ३ जना भारतीय र दुई जना नेपाली नागरिकहरुलाई पक्राउ गरेको हो ।

परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार उनीहरुमध्ये भारतीय नागरिकलाई ठमेलस्थित एक होटलबाट र दुई नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट नक्कली एटीएम बनाउन प्रयोग हुने मेसिन समेत बरामद भएको जनाइएको छ । पक्राउ पर्नेहरूमा जिन्टु ज्वाए, विकास गोसाई, विटु गौतम लगायत छन् ।

पक्राउ परेकाहरुमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •