विमानस्थलबाट सुनसहित दुई जना पक्राउ



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । कतारको दोहा हुँदै नेपाल आएका दुई जनाको साथबाट करिब २ सय ग्राम सुन बरामद भएको छ। प्रहरीले हिमालय एयरलाईन्सको उडानबाट नेपाल आएका धनुषा घर भएका मोहम्द नासिन मियाँ र श्रवणकुमार साहलाई १ सय ९७ ग्राम सुन सहित विमानस्थलबाट पक्राउ गरेको हो।

विमानस्थलको पार्किङ एरियामा आफैसँग आएका यात्रुहरुसँग अवैधरुपमा ल्याएको सुन संकलन गरिरहेको अवस्थामा दुबै पक्राउ परेका हुन्।

प्रहरीले उनीहरुलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाएको छ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •