अवैध सालको काठ सहित एक जना पक्राउ



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

डोटी । अवैध सालको काठ सहित ट्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय डोटीले पक्राउ गरेको छ । दिपायल सिलगढी नगरपालिका-१ तिखा बस्ने से.२ त ३ नम्बरको ट्याक्टर चालक १९ वर्षीय सन्तोष कामीलाई ७ फिट लम्बाई भएको १४ वटा सालको काठ सहित प्रहरीले पक्राउ गरेको छ ।

शिखर नगरपालिका-१० बाङ्डुङ्ग्रीसेन भन्ने स्थानमा ट्याक्टरमा अवैध रुपमा लोड गरी ल्याउदै गरेको उक्त काठ सहित कामीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •