राम्रोसंग आँखा देख्न नसक्ने ७० वर्षीया वृद्धा बलात्कृत



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । पोखराको लेखनाथमा राम्रोसंग आँखा देख्न नसक्ने ७० वर्षीया वृद्धा ‘बलात्कृत’ भएकी छिन् । महानगरपालिकाको वडा नम्बर ३१ नहरचोककी ७० वर्षीया वृद्धा बलात्कृत भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

छिमेकी ४५ वर्षीय रेवतीरमण पाण्डेले बलात्कार गरेको पीडितको आरोप छ । रक्सीले मातेका पाण्डेले बुधबार दिउँसो पौने २ बजे बलात्कार गरेको बताइएको छ । श्रीमती माइत गएका बेला पाण्डेले बृद्धालाई घरकै कोठामा थुनेर जबरजस्ती गरेको स्थानीयको भनाई छ ।

पीडित महिला र उनको परिवारले पाण्डेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीले यसबारे अनुसन्धान अघि बढाएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ‘डिएसपी’ रविन्द्रमान गुरुङले बताएका छन् ।

डिएसपी गुरुङले भने, ‘वृद्धा महिलाले म माथी बलात्कार भयो मात्र भनेकी छिन्,बुढ्यौलीले बोलीसमेत प्रष्ट नबुझिने वृद्धाले बलात्कारको प्रयास मात्र भएको हो वा बलात्कार नै भएको हो भन्ने खुलेको छैन ।’

प्रहरीले बलात्कार भए-नभएको बुझ्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृद्धाको स्वास्थ्य परीक्षण गराएको छ । त्यसको रिपोर्ट आइनसकेको प्रहरीले बताएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार