जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडी । बैतडीमा १६ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका –४, बस्ने २४ वर्षीय नन्दु जोशी रहेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार शाहिलेक बजारबाट घर फर्किँदै गर्दा दशरथचन्द नगरपालिका –४, कै बालिकालाई ठूलीखोला भन्ने ठाँउमा जोशीले जबर्जस्ती करणी गर्न खोजेको पिडित पक्षको भनाई छ ।

पीडित किशोरीको ठाडो निवेदनका आधारमा जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •