लुकाई छिपाई ल्याएको पटका सहित २ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

मोरङ । अवैध रुपमा लुकाई छिपाई ल्याएको पटका सहित मोरङ प्रहरीले २ जनालाई पक्राउ गरेको छ । लुकाएर ल्याएको ४५० प्याकेट पटका सहित कटहरी गाउँपालिका-८ बस्ने ४५ वर्षीया मिना खातुन र सोही स्थान बस्ने २५ वर्षीय अवरुल खातुनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

जहदा गाउँपालिका-५ लक्ष्मिनिया चोकमा प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ लुकाई छिपाई झोलामा ल्याएको उक्त परिमाणको पटका सहित उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले मिना खातुनको साथबाट २ सय प्याकेट र अवरुल खातुनको साथबाट २ सय ५० प्याकेट पटका फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State