अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

दाङ । बिशेष सुचनाको आधारमा प्रहरीले अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको घोराही–१३, बडहाराका २७ वर्षीय वीरबहादुर चौधरी रहेका छन् । उनलाई घोराही –१५, बुद्धी ग्यारेज नजिकबाट पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि पोखरेलले बताए ।

उनका अनुसार चौधरीले पाइन्टको बेल्टमा पेस्तोल लुकाइराखेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । ‘एटोमेटिक पेस्तोल मेड इन यूएसए लेखएिको ६.६५ क्यालिभरको पेस्तोल, म्यागजिन , गोली ४ राउण्ड र पल्सर मोटरसाइकल बरामद गरिएको छ ।’

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार