लागूऔषध र नक्कली पेस्तोल सहित ७ जना पक्राउ



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं गोकर्णेश्वर, बौद्ध र चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध र नक्कली पेस्तोल १ थान सहीत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने मध्ये काठमाडौं जोरपाटी बस्नेहरु सर्लाही बाग्मती नगरपालिका-९ का १९ बर्षीय दिपककुमार जिम्बा, सिन्धुपाल्चोक हेलम्बु नगरपालिका-२ का २१ बर्षीया राजु जेटी क्षेत्री, उदयपुर कटारी नगरपालिका-५ का १९ बर्षीय संजय पोख्रेल र खोटाङ छोरम्बा गाँउपालिका-१ का १८ बर्षीय निशान मगरलाई गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर ५, ६, ७ र ८ क्षेत्रबाट लागूऔषध नाईट्राभेट १ सय ३० थान र ट्रमा ३ सय १० थान सहित महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको हो ।

साथै काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट सोही ठाँउ बस्ने झापा शिव सताक्षी नगरपालिका-३ का २६ वर्षीय युगेश राई, गोंगबु बसपार्क बस्ने इलाम माई नगरपालिका-४ का २३ बर्षीय संजय समाल र भक्तपुर बालकोट बस्ने मोरङ पथरी नगरपालिका-५ का २६ बर्षीय सन्तोष लिम्बु ३० ग्राम खैरो हेरोइन र नक्कली पेस्तोल १ थान सहीत शनिबार पक्राउ परेका हुन ।

यस सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •