fbpx

अवैध लागूऔषध सहित २ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–३ स्थित प्रहरी चौकी बासामाडी लेर्वट अगाडिबाट अवैध लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।

सर्लाही कडेना गाउँपालिका–८ बस्ने १६ वर्षीय सुनिल पटेल र सोही गाउँपालिका–६ बस्ने १७ वर्षीय अनिल महत्तोलाई अवैध लागूऔषध गाँजा ११ केजी सहित प्रहरीले पक्राउ गरेको छ ।

मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको ना।१ ज ७५२३ नम्बरको बसलाई शुक्रबार प्रहरीले चेक गर्ने क्रममा पटेलको साथबाट ५ केजी गाँजा र महत्तोको साथबाट ६ केजी गाँजा बरामद भएको थियो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार