fbpx

भन्सार छलि अवैध रुपमा ल्याएको सामान बरामद


Share This

नेपालबहस संवाददाता    

पर्सा । भन्सार छलि गैरकानुनी तवरले ल्याएका करीब १३ लाख रुपैँया मूल्य बराबरका कपडा लगायतका विभिन्न सामानहरु शुक्रबार प्रहरीले बरामद गरेको छ ।

वीरगंज महानगरपालिका-१ बस्ने राजेश साह तेली र सोही ठाउँ बस्ने अमरावती देवीको घरमा अबैध रुपमा ल्याई भण्डारण गरी राखेको अवस्थामा उक्त सामान प्रहरीले फेला पारी बरामद गरेको हो ।

साथै पर्सा वीरगंज महानगरपालिका-२५ खालवाटोलाबाट अबैध रुपमा भारततर्फ लैँजादै गरेको करीब १ लाख २० हजार रुपैयाँ बराबरको करीब १ सय ५० किलो बराबरको मरिच समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया