fbpx

छुटाछुट्टै आगलागीबाट करीब ३ करोडको क्षति


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । शनिबार भएको छुटाछुट्टै आगलागीबाट करीब ३ करोड ३९ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ । काठमाडौं महानगरपालिका-३ बाँसवारीमा रहेको हार्डवेर गोदाममा करेन्ट सर्ट भई आगलागी हुँदा बिभिन्न हार्डवेरका सामाग्रीहरू जलेर करीब ३ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको हो ।

यस्तै सुनसरी ईनरुवा नगरपालिका-६ घोपाली टोलस्थित प्लाई फ्याक्ट्रीमा प्लाई सुकाउने मेशिनबाट आगो सल्कन गई आगलागी हुँदा करीब १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको हो ।

उता बाग्लुङको गलकोट नगरपालिका-३ भाटिचौर बस्ने ईन्द्र नारायण श्रेष्ठको घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगालागी हुँदा फर्निचर लगायतका विभिन्न सरसामन जलेर करीब २७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको हो ।

यता दाङ राजपुर गाउँपालिका-३ भैसहवा बस्ने लबकुश यादवको फुसले छाएको १ तले गोठमा आगलागी हुँदा करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको हो ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया