fbpx

पाँच जनाको हत्या गरी फरार अभियुक्त १२ वर्ष पछि पक्राउ


Share This

नेपालबहस संवाददाता    

बाँके । बाँकेमा पाँच जनाको हत्या गरी फरार अभियुक्त १२ वर्ष पछि पक्राउ परेका छन् । न्यू दिप ज्वलर्स पसलका संचालक रहेका ६५ बर्षिय किशोरीलाल सोनी ५ जनाको हत्या गरी फरार रहेको १२ बर्षपछि पक्राउ परेको प्रहरीले जनाएको छ ।

अभियुक्त भारत उत्तर प्रदेश सीतापुर विसवां बजारका हुन् । बाँके नेपालगंज उपमहानगरपलिका-११ सदरलाईनस्थित न्यू दिप ज्वलर्स पसलका संचालक बाँके नेपालगंज उपमहानगरपलिका-१५ वस्ने ३२ वर्षीय दिपक हेमकार समेत ५ जनालाई २०६२ फागुन २३ गते राति हत्या गर्ने कार्यमा संलग्न उनी फरार रहेका थिए ।

फरार अभियुक्त नेपालगंज उपमहानगरपलिका-१५ जमुनाह नाका हुँदै नेपाल आउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनामा दिपक लगायत नेपालगंज-१५ सदरलाईन वस्ने ८२ वर्षीया गुलावदेवी हेमकार, ६२ वर्षीय जगदेव हेमकार, ४५ वर्षीया सीतादेवी हेमकार र उक्त ज्वयलर्समा काम गर्ने साविक खाकुश्मा गाविस-१ कुशुम का १५ वर्षीय राम शनिच्चर चौधरीको मृत्यु भएको थियो ।

मृतकहरु घरको २ तल्ला माथि सुतेको ठाउँमा धारिलो हतियारले काटिएको अवस्थामा शव फेला परेको थियो । उनीहरुमध्ये ४ जना एकै परिवारका सदस्य र चौधरी सोही ज्वलर्सका कामदार थिए ।

मृत्यु भएका व्यक्तिहरुको नाममा रहेको बाँकेका विभिन्न ठाँउको जग्गा मृतकहरुको हकदार दिपा हेमकारको नाममा २०६३ जेठ १४ गते पास भएको र दिपा हेमकारको नाममा रहेको जग्गा समेत विभिन्न मितिमा नेपालगंजकै व्यक्तिहरुको नाममा पास भएको अनुसन्धानबाट खुल्न आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार