fbpx

बालाजुबाट ५ किलो सुनसहित एक जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौ । तारकेश्वर–३ तीनपिप्लेबाट ५ किलो सुनसहित एकजना पक्राउ परेका छन् । मंगलबार बेलुकी साढे ५ बजेतिर कम्मर र जुत्ताभित्र ५ किलो सुन लुकाएर ल्याउँदै गरेका बेला रसुवाका सोमबहादुर तामाङलाई पक्राउ गरेको बालाजु प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार जाँचको क्रममा तामाङले कम्मरमा तीन किलो र जुत्तामा दुई किलो सुन लुकाएको भेटिएको हो । तामाङलाई मंगलबार नै प्रहरी परिसर टेकुमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार