fbpx

विमानस्थलको पार्किङ एरियाबाट सुनसहित फेरि एक जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । अवैध रूपमा ल्याइएको सुनसहित काठमाडौंमा फेरि एकजना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट नवलपरासी सातपट्टी-२ घर भएका ३० वर्षीय डोलराज न्यौपानेसमेत दुई जनालाई २ सय ९२ ग्राम सुनसहित प्रहरीले बुधबार पक्राउ गरेको हो।

विदेशबाट आएका यात्रुहरूले अवैध रूपमा ल्याएका ६ वटा सुनका बाला संकलन गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार