fbpx

करेन्ट लागेर ३ बर्षिय बालिकाको मृत्यु


Share This

नेपालबहस संवाददाता    

सर्लाही । घरमा टर्च लाईट चार्जबाट निकाल्ने क्रममा करेन्ट लागेर ३ बर्षिय बालिकाको मृत्यु भएको छ । गोडैता नगरपालिका-७ मुस्लिम टोल बस्ने सागीर मंसुरीको छोरी निसोरी खातुनको करेन्ट लागेर आज मृत्यु भएको छ ।

करेन्ट लागी गम्भीर घाइते भएकी निसोरीलाई उपचारको लागि स्थानीय मेडिकल लैजाने क्रममा बाटोमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार