fbpx

अबैध समान सहित ३ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । कपिलवस्तु र बाँकेबाट अबैध समान सहित ३ जना पक्राउ परेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ टिटिरियाका ४५ बर्षीय मुकेशचन्द्र गुप्ता र भारत कलकत्ता बस्ने ३९ बर्षीय अक्तर मल्लिकलाई अबैध रुपमा ल्याएका चाँदीका गहना सहित प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लु.१८ प ५३२६ नम्बरको मोटरसाइकल सवार उनीहरुलाई चाँदीका विभिन्न तयारी गहना करीब ११ किलो ८ सय ९९ ग्राम, ७ थान व्रासलेट र नगद १ लाख २० हजार २ सय ६० रुपैयाँ सहित फेला पारी नियन्त्रणमा लिएको हो ।

बाँके नेपालगंज उपमहानगरपालिका-१४ बलेगाँउबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याउँदै गरेको सामानहरु उलन कुर्तासुरुवाल ३२ पिस, सादा कुर्तासुरुवाल ११ पिस, सिरकको खोल ३० पिस, चुन्नी ५० पिस र कोटका कपडा ६ थान गरी करीब १ लाख रुपैयाँ बराबरको सामानहरु प्रहरीले बरामद गरेको छ ।

अबैध समान ल्याउने व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया