fbpx

तिब्बती भाषाको स्वर्णलिपिको पुस्तकसहित तीन जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

दोलखा । तिब्बती भाषाको स्वर्णलिपिको पुरातत्व महत्वका पुस्तकसहित तीनजनालाई प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको छ ।

प्राचीन गुम्बामा पाइने सुनका जलपका अक्षरहरु भएको लामा पुस्तक ४९ थान भीमेश्वर नगरपालिका— ३ का शिवहरी थापाले बोकी हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

उनीसहित उक्त वडा बस्ने टेकबहादुर थामी र उद्धव गौतमले मिलेर पुरातात्विक महत्वको वस्तु बिक्री वितरण गर्न बोकी हिँडेको दाबी गर्दै मुद्दा चलाएको छ।

पुरातत्व विभागले प्रहरीलाई पठाएको जानकारीमा उक्त वस्तु एक सय वर्षभन्दा पुराना पुरातात्वक महत्वभित्र पर्छ। हाल उक्त वस्तु प्रतिगोटा ४० हजार रुपैयाँका दरले १९ लाख ५० हजार पर्छ।

प्राचीन स्मारक रंरक्षण ऐन २०१३ अन्तर्गत पुरातात्विक महत्वको वस्तुहरु किनमेल, ओसार पसार गरेकाले मुद्दा चलाइएको प्रहरी नायव उपरिक्षक वासुदेव पाठकले बताए।

उक्त ऐनमा अपराध ठहरिए ५ वर्ष कैदसम्म र जरिवाना हुने व्यवस्था छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार