fbpx

टोले गुण्डा सुदीप गुरुङ पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । टोले गुण्डा सुदीप गुरुङलाई व्यवसायीलाई धम्क्याएर रकम उठाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२ लाजिम्पाट सकुनामार्ग डेरा गरी बस्ने ३१ वर्षीय गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

लाजिम्पाट तथा ठमेल एरियामा स्थानीय व्यवसायीलाई धम्क्याई रकम उठाउँदै आएका गुरुङलाई हिजो महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लाजिम्पाट खुर्नानीटारबाट पक्राउ गरेको हो।

हातहतियार देखाएर धम्काउने कार्यमा गुरुङ संलग्न रहँदै आएको महानगरीय प्रहरी वृत्तका प्रमुख डिएसपी दानबहादुर मल्लले नेपालखबरलाई बताए ।

घटनाका सम्बनधमा थप अनुसन्धान भइरहेको मल्लको भनाइ थियो।

तपाईको प्रतिक्रिया