fbpx

छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ


Share This

नेपालबहस संवाददाता    

काभ्रे । काभ्रेमा सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक दुई बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई एकवर्षदेखि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शिक्षक शंकर पहरीलाई पक्राउ गरेको हो ।

पीडितको जाहेरीका आधारमा शिक्षक पहरीलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका रविराज खड्काले जानकारी दिए ।

अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको छ ।

तपाईको प्रतिक्रिया