स्वचालित पेस्तोलसहित एक जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पर्सा प्रहरीले चाडपर्व नजिकिदै गर्र्दा स्वचालीत हतियारसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार साझ करिव ६ बजेतिर पर्टेर्वा सुगौलि गा.पा. वडा नं-४, फरदवा भलुवाही खोलाको बगरमा चेकजाँच गर्ने क्रममा सोही गाउँपालिकाको वडा १ मा बस्ने जुरजोधन हजाराको २५ बर्षिय छोरा मनोज पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पासवान शंकाष्पद तवरले सुगौली गाँउ देखि निचुटा तर्फ पैदल हिडिरहेको अवस्थामा प्रहरी उनीमाथि खानतलासी गर्दा लुकाईछिपाई बोकी ल्याएको अवस्थामा Made In USA लेखिएको स्वचालित पेस्तोल थान १ र ऐ. मा लाग्ने खालि म्यागजिन थान १ सहित पक्राउ गरेको हो ।

पासवानलाई आवश्यक अनुसन्धानको लागि यस कार्यालयमा राखिएको र अन्य अनुसन्धान कार्य भई रहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State