नियन्त्रित लागूऔषधसहित डंगोल पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । काठमाडौं महानगरपालिका १३ टंकेश्चरबाट काठमाडौं ताहाचल घर भएका ३२ वर्षीय राम डंगोललाई नियन्त्रित लागूऔषध डाईजेल्याव ९ एम्पुल, नुरफिन ९ एम्पुल र फेनारगन ९ एम्पुलसहित प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार