सिराहामा दुई केजी सुनसहित ४ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

सिरहा । सिराहामा प्रहरीले दुई किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार र मिर्चैया नगरपालिकाको सीमामा रहेको घुर्मीखोलाबाट विशेष सूचनाको आधारमा प्रहरीले सुन बरामत गरेको हो ।

आज विहान एसपी सोमबहादुर गुरुङको टोलीले भारतीय नम्बरप्लेटको स्कारपियोसमेत नियन्त्रणमा लिएको छ । प्रहरीले आजै पत्रकार सम्मेलन गरेर यसबारे थप विवरण सार्वजनिक गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार