fbpx

सुन चोरीको आरोपमा दुईजना जेल चलान


Share This

नेपालबहस संवाददाता    

गौशाला । सुन चोरीको आरोपमा महोत्तरी जिल्ला अदालतले आज दुईजनालाई जेल चलान गरेको छ । जेल चलान हुनेमा जलेश्वर नगरपालिका २ बस्ने १९ वर्षीय कृष्ण श्रेष्ठ र २२ वर्षीय अजलम अली रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यसैगरी सोही मुद्दामा जलेश्वर नगरपालिका १ बस्ने २२ वर्षीय सन्तोषकुमार साहलाई रु. एक लाख धरौटीमा छोडेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

श्रेष्ठ र अलीले जलेश्वर २ बस्ने रसिना खातुन आफ्नो घरमा ताल्चा लगाई आफन्तको बिहेमा गएको मौका छोपी माघ १० गते राति सो घरको ताल्चा फुटाई सुन र चाँदीका गरगहना तथा नगद गरी रु. दुई लाख ३२ हजार मूल्य बराबरको चोरी गरेका थिए । सुनको औँठी थान तीन, मङ्गलसूत्र थान एक र सुनको बल थान तीन जलेश्वर १ अवस्थित सन्तोषकुमार साहको विष्णु ज्वेलर्समा बिक्री गरेको पाइएपछि प्रहरीले चोरीका गरगहना किनेको सन्तोषकुमार साहलाई पनि चोरीकै आरोपमा पक्राउ गरेको थियो ।

चोरी गरेको तथा चोरीका गरगहना किनेको कार्यमा संलग्न रहेका तीनमध्ये अदालतले श्रेष्ठ र अलीलाई पुर्पक्षको लागि जलेश्वर कारागारमा पठाएको छ भने साहलाई धरौटीमा रिहा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार