प्रेस युनियनका पार्षद दियालीमाथि सांघातिक हमला



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सर्लाही । रेडियो सर्लाहीका स्टेशन म्यानेजर तथा प्रेस युनियनका पार्षद सोम दियालीमाथि सांघातिक हमला भएको छ । जिल्लाको हरिवन नगरपालीकाको सुके पोखरि स्थित चतुरभुजेश्वर मन्दिरको पश्चिम पट्टि रहेको चिया पसलमा उनीमाथि हमला भएको हो । रेडियो सर्लाहीबाट डेढ किलोमिटर पर आफुलाई हरिवन नगरपालीका ११ बालगंगाका इमरान खानले बिहान ११ बजे चिया पिउन भन्दै बोलाएका थिए ।

खान आफुसंग परिचित व्यक्ति भएको हुँदा बोलाए पछि चिया पिउन गएको बताउदै उनैले कसैबाट परिचालित भएर आफुमाथी आक्रमण गराएको हुनसक्ने आसंका व्यक्त  गरे । चिया पिउनै लाग्दा उनी माथि २ जना नकापधारी व्यक्तिले आक्रमण गरेका थिए । कुटपिट पछि घाईते दियालीलाई खानलेनै अस्पताल पुराएका थिए । उनकोे आँखा, मुख र टाउकोमा गम्भिर चोट लागेको छ ।

उनको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भैरहेको छ । अवस्था भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ । खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय सर्लाहिले उनिमाथी अनुसंधान भैरहेको र अन्य फरार रहेका २ जनाको खोजी भैरहेको जनाएको छ । तर प्रहरीले समाचारको बिषयलाई लिएर कुटपिट भएको हो वा अन्य कारणले हो खुल्न नसकेको जनाइएको छ ।

यसैबिच , नेपाल प्रेस युनियन सर्लाहीका प्रदेश पार्षद तथा सामुदायिक रेडियो सर्लाही प्रबन्धक सोम दियाली माथि भएको सांघातिक हमलाको नेपाल प्रेस युनियन सर्लाहीले घोर भत्सना गरेको छ । युनियनका अध्यक्ष कृष्ण थपलियाले जारी गरेको बिज्ञप्तीमा पत्रकार दियाली माथी भएको सांघातिक हमला नियोजित रहेको ठहर गरिएको छ । यस घट्नालाई युनियनले प्रेस स्वतन्त्रता र लोकतान्त्र माथि कै आक्रमण भएको जनाउदै घट्नाको निष्पक्ष छानबिन गरि संलग्नहरूलाई कानुन अनुसार कडा कार्वाही माग गरेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार